नियम
न्यूनतम शैक्षिक योग्यता
(१) सैनिक: प्राविधिक सेवाका खुला तथा आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा उम्मेदवार हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट अनुसूची-४ मा उल्लेख भए बमोजिमको न्यूनतम शौक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।

(२)सैनिक प्राविधिक सेवाका अमल्दार, जमदार र सुबेदार पदको खुला तथा आन्तरिक प्रतियोगिताका लागि आवश्यक पर्ने अनुभव नेपाली सेनाले तोके बमोजिम हुनेछ ।